नेपाल तामाङ घेदुङ दक्षिण कोरियाद्धारा आयोजना गर्ने बृहत ल्होछार साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा, उर्गेन दोङ, सुमिना लो र अनु चौधरी आउने
शुभराज भोम्जन
दक्षिण कोरिया । नेपालको राष्ट्रिय पर्व तथा तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व २८६० डुक ल्हो “सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम २०२४” को तयारी अन्तिम चरणमा पुगेको घेदुङ दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्याङतानले जानकारी दिएका छन् ।
घेदुङ दक्षिण कोरियाले कोरियन पर्व सलनालको पहिलो दिन ०९ फेब्रुअरी २०२४ मा आयोजना गर्ने उक्त बृहत साँस्कृतिक कार्यक्रममा नेपाल देखि अतिथी कलाकारहरुको रुपमा ख्यातिप्राप्त गायक उर्गेन दोङ, सेलो गायिका सुमीना लो र गायिका अनु चौधरीको विशेष सांगीतिक प्रस्तुती रहने छ । सौलको दोङदेमुन नजिकै रहेको एडब्लु कन्भेसन हलमा हुने साँस्कृतिक कार्यक्रमको लागि गर्नु पर्ने थुप्रै तयारीहरु लगभग पुरा भए संगै आयोजकले दक्षिण कोरियामा रहेका समस्त ल्होछार प्रेमीहरुलाई लाबा न्युज मार्फत सार्वजानिक रुपमा सहभागिताको निम्ती विशेष आह्वान समेत गरेका छन् ।
नेपाल तामाङ घेदुङ...








