साहित्यमा विचारको महत्त्व
–मोहनविक्रम सिंह
–मोहनविक्रम सिंह
विचार र साहित्य अन्तर्सबन्धित विषय हुन् । साहित्यको शक्ति कति छ भन्ने कुरा उक्त साहित्यको विचारबाट थाहा हुन्छ । साहित्यमा आउने विचारले समाजको संस्कृति निर्माण गर्दछ । संस्कृतिमा समाज अग्रगमनकारी हो प्रतिगमनकारी ? त्यसको उत्तर प्राप्त गर्न सकिन्छ । विचारको विषयमा ठुला ठुला बहस हुने गर्दछन् । विचारमा सामाजिक विकासका उद्देश्य, लक्ष्य र मानव आकाङ्क्षा अन्तर्निहित हुन्छन् । त्यसरी विचार राजनीतिक र सामाजिक विषयको केन्द्र मात्र नभएर सांस्कृतिक विषयको पनि केन्द्र हुन्छ । विचारलाई केन्द्रमा राखेर नै कुनै पनि साहित्यको जन्म भएको हुन्छ ।
विचार मुख्यतः दुई प्रकारका हुन्छन्, क्रान्तिकारी विचार र यथास्थितिवादी विचार । अन्तमा यही कुरा नै सत्य हो । तर कहिलेकाहीँ विचार चार प्रकारले चरम रूपमा अस्तित्वमा आउने गर्दछ । यथास्थितिवादी, अवसरवा...





