विचार/ लेख/रचना/ साहित्य

गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अपराध/ अनुसन्धान, अर्थ, कर्णाली प्रदेश, खेलकुद, गण्डकी प्रदेश, घुमफिर, पत्रपत्रिका, पालिका, प्रदेश, प्रदेश १, फिचर, फोटोग्राफी, बागमती प्रदेश, मधेश प्रदेश, मनोरञ्जन, मल्टिमिडिया, राजनीति, रोचक, लुम्बिनी प्रदेश, विचार/ लेख/रचना/ साहित्य, विज्ञान प्रविधि, शिक्षा, समाचार, सामाजिक सञ्जाल, सुदूरपश्‍चिम प्रदेश, सूचना प्रबिधि, स्थानीय तह विशेष, स्वास्थ्य
गाजा, २७  मङ्सिर । इजरायल–हमासबीचको युद्धका कारण गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको सङ्ख्या १८ हजार ४०० पुगेको छ । गत ७ अक्टोबरदेखि सुरु भएको हमास–इजरायल युद्धले गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या १८ हजार ४०० नाघेको हो । पछिल्लो पटक मङ्गलवार वेस्ट बैङ्कको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।...
आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अपराध/ अनुसन्धान, अर्थ, कर्णाली प्रदेश, खेलकुद, गण्डकी प्रदेश, घुमफिर, पत्रपत्रिका, पालिका, प्रदेश, प्रदेश १, फिचर, फोटोग्राफी, बागमती प्रदेश, मधेश प्रदेश, मनोरञ्जन, मल्टिमिडिया, राजनीति, रोचक, लुम्बिनी प्रदेश, विचार/ लेख/रचना/ साहित्य, विज्ञान प्रविधि, शिक्षा, समाचार, सामाजिक सञ्जाल, सुदूरपश्‍चिम प्रदेश, सूचना प्रबिधि, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २८मङ्सिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राती भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैले  वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।...
  परिवर्तित प्राथमिकताहरू 

  परिवर्तित प्राथमिकताहरू 

विचार/ लेख/रचना/ साहित्य
भीष्म जोशी नेपाल मात्र नभई विश्व मै  लामो समय सामन्ती व्यवस्था हाबी रह्यो । यता अहिले पनि   नेपाली समाजमा यो एउटा संस्कृति बन्न पुग्यो । संस्कृति एउटा यस्तो चिज हुँदो रहेछ त्यसलाई चिरेर अगाडि बढ्न नसकिँदो रहेछ ।  नेतृत्व तहमा रहेका अधिकांश व्यक्तिमा गणतन्त्र ल्याएको धेरै वर्ष पछि पनि यो प्रवृति पाइन्छ  । आफू केही नगर्ने अरू लाई कजाएर खान पायौँ भने आनन्दित हुने संस्कृति नेपालमा जताततै छताछुल्ल भेटिन्छ । नेपालमा जनताले वाक स्वतन्त्रताका लागि लामो लडाई लडेर प्राप्त गरेका छन् । नेपाल बिस्तारै नयाँ लोकतान्त्रिक संस्कृतिको दिशामा अगाडी बढ्दै छ |  आजको विश्व मञ्चमा हिजोका भन्दा आवश्यकता र प्राथमिकताहरू परिवर्तन भएका छन् । हिजोका प्राथमिकताहरू बदलिएर आज अर्कै चिज प्राथमिकता बन्न पुगेका छन्। हिजो 'सन्तानले डाँडा काँडा ढाकुन्' भन्ने आशीर्वादको ठाउँमा 'दुई सन्तान ईश्वरको वरदान' भन्ने ठाउँबाट पनि अब...
गाजापट्टीको समस्या हाम्रो आफ्नै समस्या हो

गाजापट्टीको समस्या हाम्रो आफ्नै समस्या हो

विचार/ लेख/रचना/ साहित्य
* मोहनविक्रम सिंह “कमरेड जलजला” उपन्यासको ‘दर्शन, क्रान्ति र बलिदानको महाद्वीप’ शीर्षकको सातौँ भागमा हिट्लरको फासिवाद, यहुदीहरू माथिका बर्बर अत्याचारसित सम्बन्धित केही परिच्छेदहरू छन् । ती परिच्छेदहरूमा हिट्लरले यहुदीहरूमाथि गरेका अमानवीय र बर्बर अत्याचारहरूको विस्तृत रूपले वर्णन गरिएको छ । त्यस सिलसिलामा पोल्यान्डमा मात्र ६० लाख यहुदीहरूको हत्या गरिएको थियो भने जर्मनी सहित युरोपका कैयौँ देशहरूमा उनीहरूमाथि भीषण बर्बर अत्याचारहरू गरिएका थिए । वृद्ध, महिला र बालबालिकाहरू समेतमाथि त्यस प्रकारका अत्याचारहरू गरिएका थिए । हिट्लरद्वारा युरोपमा यहुदीहरूमाथि गरिएका त्यस प्रकारका अत्याचारहरूसित सम्बन्धित कैयौँ म्युजियमहरू युरोप भरी नै बनाइएका छन् । पार्टीको कामको सिलसिलामा युरोपका विभिन्न देशहरूको भ्रमण गर्दा मैले त्यस प्रकारका कैयौँ सङ्ग्रहालयहरूको अवलोकन गरेको छु । ती सङ्ग्रहालयहरूमा हिट्लरले हत...
डा.खगेन्द्र प्रसाईँ भन्छन्, ‘धर्म, चाडपर्व, ईश्वरलाई उपभोक्तावादले विस्थापित गर्‍यो’

डा.खगेन्द्र प्रसाईँ भन्छन्, ‘धर्म, चाडपर्व, ईश्वरलाई उपभोक्तावादले विस्थापित गर्‍यो’

विचार/ लेख/रचना/ साहित्य, समाचार
काठमाडौँ, कार्तिक १६ गते । ‘धर्म र चाडपर्वलाई ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट नहेर्दा, अन्धविश्वास भनेको सामन्तवाद र विज्ञान भनेको पुँजीवाद हो भन्ने गलत निष्कर्षमा पुगिने’ दर्शनशास्त्री डा.खगेन्द्र प्रसाईँले बताए । ज्ञानशाला अनुसन्धान केन्द्रले कार्तिक १५ गते नयाँबजार स्थित अनुसन्धान केन्द्रको सेमिनार हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सो धारणा बताएका हुन् । पुँजीवादले सबै संस्कृतिलाई एउटा बोरामा हालेर आफू अनुकूल प्रयोग गर्दछ भन्दै डा.प्रसाईँ भन्छन्, ‘मनकामनाको दर्शन गर्दा मनका सबै कामना पुरा हुन्छ भन्ने अन्धविश्वासको बीज रोपेर व्यापक रूपमा विज्ञापन, होटेल व्यवसाय, पर्यटन लगायतका पुँजीवादी नाफालाई प्रोत्साहन हुने गरी व्यापार गरिएको छ ।’ उनी भन्छन्, ‘साँखुको डाँडामा ठूलो शिवको मूर्ति, कुनै ईश्वर भक्तिको आधारमा होइन । पर्यटन उद्योग र जग्गा व्यवसायको स्वार्थको आधारमा बनाइएको हो । लुम्बि...
चाडपर्वमा प्रगतिशीलता कसरी सम्भव छ ?

चाडपर्वमा प्रगतिशीलता कसरी सम्भव छ ?

विचार/ लेख/रचना/ साहित्य
  निनु चापागाईँ अनेकताका बिचमा एकता नेपाली संस्कृतिको एउटा विशेषता हो संस्कृतिका सम्बन्धमा खोजीनिती गर्ने विद्वान्हरूले यसो भन्दै आएका छन् । एकभन्दा बढी जाति, समुदाय र भाषा भाषी भएका सबै मुलुकमा यस्तो विशेषता नपाइने होइन । तर नेपालको हकमा भने यो विशेषतालाई अद्वितीय नै भन्न सकिन्छ । किनभने नेपालमा एक सयभन्दा बढी भाषाहरू बोलिन्छन् र साठीभन्दा अलि धेरै जातिहरूको बसोबासो छ । नेपालमा आठभन्दा बढी धर्मावलम्बीहरू रहँदै आएका छन् र ती सबैको आ-आफ्नै विशिष्ट संस्कृति छ । तिनमा आ-आफ्नै खालका चाडबाडहरू पनि चलनमा छन् । यसरी हेर्दा नेपाल संस्कृति र चाडबाडका दृष्टिले असाध्यै समृद्ध छ र त्यसमा विविधता पनि पर्याप्त छ । तर नेपालका सन्दर्भमा अर्को बिर्सनै नसकिने तथ्य के पनि छ भने नेपालको शासक वर्ग शताब्दियौं अघिदेखि हिन्दु धर्मावलम्बी रहेको छ र त्यसले आफ्नै धर्म र संस्कृतिलाई अन्य सबैमाथि लाद्ने र आ...
तपाईँको निधारमा पनि टीका र जमरा !

तपाईँको निधारमा पनि टीका र जमरा !

विचार/ लेख/रचना/ साहित्य
* रामबहादुर जि.सी. 'जिसी सर, तपाईँको निधारमा पनि टीका र जमरा !' टेलिफोन फेसबुक मेसेन्जरमामा प्राय: संस्कृति र सांस्कृतिक रूपान्तरण प्रति चिन्ता र सरोकार राख्ने थुप्रै शुभेच्छुक मित्रहरूले यक्ष प्रश्नहरू तेर्स्याउनु भएको छ। पक्कै पनि नेपालमा मनाइने धेरै जसो चाडपर्वहरू जस्तै दसैँ, तिहार, तिज, माघे सङ्क्रान्ति ,चैते दसैँ ,कुल पूजा,देवाली अर्थात् गोतियार भेला इत्यादिमा आध्यात्मिक तथा धार्मिक मिथकहरू जोडिए पनि उपरोक्त चाडपर्वहरूमा प्रकृति तथा वातावरणीय प्रभावका भूमि ,जङ्गल ,आगो ,पानी ,हावाको सम्झना सम्मान तथा पूजा गरिन्छ। जसमा आफन्त ,मान्यजन , इष्टमित्र,भाइ भतिजा ,साथी सङ्गीहरू बिच विचार आदानप्रदान , सुख दुःख साटफेर ,पारिवारिक पुनर्मिलन हुने र गराउने अवसरको रूपमा यी चाडपर्वहरूको महत्त्व रहेको छ। जहाँ हिजो ,अर्थात् बालापनका सुख दुःख,हुर्किखेलेका क्षणहरू देखि आज अर्थात् वर्तमानमा  भोगी आएका कथा,...
पदार्थ के हो ?

पदार्थ के हो ?

विचार/ लेख/रचना/ साहित्य
*  रामराज रेग्मी यस जगत्मा हाम्रो वरिपरि ढुङ्गा, माटो, बालुवा, पानी, हावा, जङ्गल, पहाड, मैदान, रुख बिरुवा, पशुपन्छी आदि छन् । तिनका रूप रङ्ग र आकार प्रकारलाई हामी आँखाले देख्दछौँ, गन्ध नाकले थाहा पाउँछौ, हातले छामेर या छालाको स्पर्शले ती वस्तुहरू चिसो, तातो, खस्रो, नरम के–कस्ता छन् भनी पहिचान गर्न सक्छौँ । तीबाट उत्पन्न थरी थरीका आवाज कानले सुन्दछौँ र जिब्रोको सहायताबाट तीतो, पिरो, अमिलो, गुलियो वा टर्रो के कस्तो छ भनी स्वाद पत्ता लगाउँछौ । यस्ता सबै भौतिक वस्तुहरू पदार्थ (Matter) हुन् । पदार्थका रूपहरू अनेक हुन्छन् । ती आँखाले नदेखिने साना अणु परमाणुदेखि लिएर विशाल पर्वत, महासागर र अझ भनौँ अन्तरिक्षका बडेमानका पिण्डहरूसम्मका हुन्छन् । ती तीन अवस्थामा रहेका हुन्छन् । ठोस, तरल र ग्याँस । विशेष परिस्थितिमा ती एक अवस्थाबाट अर्को अवस्थामा बदलिइरहन्छन् । भौतिक विज्ञानले ज्ञानेन्द्रियको सहायताब...
पारिजातको सम्झना

पारिजातको सम्झना

विचार/ लेख/रचना/ साहित्य
* दिल साहनी पारिजातलाई मैले सर्व प्रथम मित्र दुर्गा प्रसाद अधिकारीसित शिलाङको ग्रायन्ड होटेलमा देखेको हुँ।  त्यति बेला उनले मलाई 'काठमान्डुमा देखे जस्तो लाग्यो' भनिन् । मैले जबाफमा भनेको थिएँ - 'म काठमान्डु कहिले गएको छैन' । त्यति बेला पारिजात राल्फा आन्दोलनमा लागेको थिइन् ।  दोस्रोपल्ट मैले पारिजातलाई बनारसमा दूध बिनायक‍को जगदम्बा धर्मशालामा भेटेको हुँ । त्यति बेला कमरेड मोहनविक्रम सिंहले भाषण गरिरहेका थिए । फेरि पनि पारिजातले मलाई ठहराउन सकेकी थिइनन् । ठम्याउन भने खोजेकी रहिछन् - 'एमबीको भाषण गम्भीरतापूर्वक सुनिरहेको व्यक्तिको रूपमा' । सो कुरा उनकै मुखबाट सुनेको थिएँ । तेस्रोपल्ट पनि मैले पारिजातलाई बनारसमा भेटेको थिएँ । उनी दिल्लीतिरबाट बनारस आउँदा विशेष गरी मोदनाथ प्रश्रितको अगुवाइमा बनारसमा पारिजातको उपस्थितिमा साहित्य चर्चा कार्यक्रम राखिएको थियो । त्यसमा प्रदीप गिरी पनि उपस्थित थ...
साना कुरा फरक विचार

साना कुरा फरक विचार

विचार/ लेख/रचना/ साहित्य
* डा.कौशिला रिसाल हामीलाई कहिलेकाहीँ साना विषयले मुख्य भाव पहिल्याउन र खुसी हुन मद्दत गरेको हुन्छ । कतिपय सानै घटना वा प्रसङ्गले पनि समस्या निम्त्याइरहेका हुन्छन् । हामीलाई तनावमा पुर्‍याउने र खुसी हुन मद्दत गर्ने विषय वा प्रसङ्गहरू सानै हुन्छन् । जीवनमा आइपर्ने पारिवारिक, सामाजिक र व्यक्तिगत समस्याहरू ससाना हुन्छन् । धेरै दिनसम्म त्यसको सजिलै समाधान नहुँदा हाम्रो दैनिक कार्यमा अवरोध सृजना हुन्छ । यसको अर्थ समस्या वा घटना ठुला हुँदैनन् भन्ने चाहिँ होइन । जब कि म ससाना विषयमा लेख्दैछु । यथार्थमा हामीले समस्यालाई कुन रूपमा लिन्छौँ भन्ने कुरा महत्त्वपूर्ण  हुन्छ । हामीले कयौँ पटक ससाना कुरामा ध्यान नपुर्‍याउदा  जीवनमा अरूबाट मात्र नभएर आफ्नैबाट पनि धोका पाएका हुन्छौँ । हामीले हाम्रो अवस्थालाई दृष्टिगत गरेर समय र परिस्थितिअनुसार चल्न नसक्दा यस्तो भएको हो । कुनै घटना, सन्दर्भ वा विषयवस्तु कसै...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"