“बा”
*आविष्कार कला
हथौडाले टुकटुक
छिनाले छिन्छिन्
हानेको मूर्ति मन्दिरमा हुन्छ
अनुभवको गह्रुङ्गो घनले हिर्काएर
हरदम तिमीलाई
आर्शिवचन दिने मूर्ति
पलपल तिम्रो साथमा हुन्छ
त्यही मूर्तिको गोप्य नाम हो–बा ।
पटक–पटक गुमेको श्वास लिएर
चुँडिएको नशा सिलाएर
रगतलाई पसिना बनाएर
सन्तानको हाँसोलाई
आफ्नो नासो ठान्ने
मन–मस्तिष्कको एउटै नाम हो–बा ।
पृथ्वी जत्तिकै भारी
निरन्तर बोकिरहने
ज्वारभाटासँग सङ्घर्ष गरिरहने
वर्षौँदेखि आँधी हुरीमा अडिग
पटक–पटक चट्याङको प्रहारबाट
उठेर
सन्तानलाई स्वर्ग देखाउन चाहने
महामानवको साझा नाम हो–बा ।
बा भन्नुहुन्छ–
‘ए फरक फरक विश्वविद्यालयमा
सङ्ख्या...







