प्रवास

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको वार्षिक साधारण सभा जुन २३ मा हुने

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको वार्षिक साधारण सभा जुन २३ मा हुने

Breaking news 3, प्रमुख समाचार, प्रवास, समाज
दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) दक्षिण कोरियाको वार्षिक साधारण सभा जुन २३ मा हुने भएको छ । महासंघले आफ्नो वार्षिक साधारण सभा सौलको दोङदेमुन स्थित रहेको नेपाली थाइ रेष्टुरेन्टको सभाहलमा आयोजना गर्न लागिएको हो । सन् २००८ मा स्थापना भएर जातीय संस्थाहरूको छाता संगठनको रुपमा क्रियाशील हुँदै आएको आदिवासी जनजाति महासंघले दक्षिण कोरियाको नेपाली समाजमा सकृय सहभागिता जनाउदै आइरहेको छ । यही जुन २३ तारिखमा आयोजना हुने वार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन र वार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने जनाएको छ । वार्षिक साधारण सभामा प्रस्तुत भएको प्रतिवेदनहरू छलफल गर्दै पास गर्ने योजना रहेको संस्थाका महासचिव दयाराम राना मगरले बताएका छन् । महासंघको अध्यक्ष विशन राईले वार्षिक साधारण सभामा सहभागिताको लागि लाबा न्युज मार्फत आग्रह गरेका छन् ।...
नेपाली जनसम्पर्क समितिको कार्यक्रममा भाग लिन गगन, रमेश र किरण दक्षिण कोरिया आँउदै

नेपाली जनसम्पर्क समितिको कार्यक्रममा भाग लिन गगन, रमेश र किरण दक्षिण कोरिया आँउदै

Breaking News 2, प्रमुख समाचार, प्रवास, मुख्य समाचार, राजनीति, समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियालेआयोजना गर्न लागिएको वृहत अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा भाग लिन नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा, काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र पार्टीका केन्द्रीय सदस्य किरण पौडेल दक्षिण कोरिया आउने भएको छ ।   महामन्त्री थापाको प्रमुख आतिथ्यता रहने उक्त अन्तरकृया कार्यक्रममा  विशेष अतिथिको रुपमा प्रमुख सचेतक रमेश लेखक र केन्द्रीय सदस्य किरण पौडेल समेत  आउन लागेका हुन् । मे १९ तारिखमा जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति भजिन्द्र क्षेत्रीको सभापतित्वमा बसेको कार्यसमिति र सल्लाहकारहरूको बैठकले  जुलाई महिनाको २८  तारिख आइतबार कार्यक्रम गर्ने निर्णय गरेको हो । कार्यक्रममा अतिथिहरूले प्रवासमा रहेका नेपालीहरूको समस्या र गुनासोहरू सुन्नुका साथै नेपाली राजनीतिको वर्तमान अवस्थाको विषयमा प्रस्ट पार्ने जना...
जुन २३ तारिखमा अनमोल केसी अभिनीत ‘फर्की फर्की’  सौलमा प्रदर्शन हुँदै

जुन २३ तारिखमा अनमोल केसी अभिनीत ‘फर्की फर्की’  सौलमा प्रदर्शन हुँदै

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको आयोजनामा अनमोल केसी अभिनीत नेपाली कथानक चलचित्र 'फर्की फर्की' को सौल शो हुने भएको छ । आपतकालीन राहत कोष स्थापनार्थको लागि यही जुन २३ तारिखको दिन सोलमा चलचित्रको प्रदर्शन गर्न लागिएको हो । सौलको लागि प्रदर्शन गर्ने अधिकार लिएको ओखलढुंगा सेवा समाजले सौलको जोगेसा हलमा चलचित्र देखाउन लागेको हो । चलचित्र हेर्नको लागि अनलाइन मार्फत टिकट बुकिङ पनि खुल्ला गरिएको छ । चलचित्र हेर्न आउनको लागि संस्थाका अध्यक्ष केशव श्रेष्ठले लाबा न्युज मार्फत अपिल समेत गरेका छन् ।  उक्त दिन पहिलो शो र दोश्रो शो गरेर दुई शो देखाउने समाजका अध्यक्ष केशब श्रेष्ठले बताएका छन् । रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा तयार भएको उक्त चलचित्रमा अनमोल केसी, जसिता गुरुङ रभि काफ्ले र समृद्धि अर्यालको मुख्य भूमिका रहेको छ । गत जेठ १० गतेदेखि प्रदर्शनीमा आएको उक्त चलचित्रले राम्रै ...
सङ्खुवासभा सम्पर्क परिवार दक्षिण कोरियाको आयोजनामा वृहत पुल प्रतियोगिता-२०२४ हुँदै

सङ्खुवासभा सम्पर्क परिवार दक्षिण कोरियाको आयोजनामा वृहत पुल प्रतियोगिता-२०२४ हुँदै

Breaking news 3, खेलकुद, प्रमुख समाचार, प्रवास
दक्षिण कोरिया । सङ्खुवासभा सम्पर्क  परिवार दक्षिण कोरियाको आयोजनामा वृहत पुल प्रतियोगिता- २०२४ को आयोजना हुने भएको छ । आँउदो जुन ३० तारिखको दिन “जिल्ला स्तरीय रूपमा छात्रवृत्ति अक्षय कोष निर्माणार्थ” फरान स्थित लालीगुराँस स्पोर्ट्स हाउसमा वृहत पुल प्रतियोगिता हुन लागेको हो ।   प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले ट्रफी, मेडल सहित नगद २० लाख कोरियन वन पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी दोश्रो र तेश्रो स्थान हासिल गर्ने खेलाडीहरूले क्रमशः जनही ट्रफी, मेडल र नगद १० लाख वन र ५ लाख कोरियन वन प्राप्त गर्नेछन् ।  विभिन्न पुल प्रतियोगितामा भाग लिइ विजयी भइसकेको अनुभव बटुलेका आधारमा पछिल्लो समय युवा पुस्ताको पुल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाको उपाध्यक्ष तथा खेल संयोजक पासाङ शेर्पाले बताएका छन् । खेलसम्बन्धी टाइसिट जुन २९ मा निर्माण गरिने र ३० त...
एनसीसी रनिङ भलिबल कप-२०२४ को टाइसिट प्रकाशन

एनसीसी रनिङ भलिबल कप-२०२४ को टाइसिट प्रकाशन

Breaking News 2, खेलकुद, प्रमुख समाचार, प्रवास
दक्षिण कोरिया । नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाद्वारा आयोजना गर्न लागिएको एनसीसी रनिङ भलिबल कप-२०२४ को टाइसिट प्रकाशन भएको छ । दक्षिण कोरियाको सुवन शहरमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै टाइसिट वितरण गरेको हो । टाइसिट अनुसार प्रतियोगितामा भाग लिनको लागि २४ समुहले टिम दर्ता गराएका छन् । प्रथम राशि २५ लाख कोरियन वन रहेको उक्त प्रतियोगिता आउदो जुन ९ तारिखको बिहान ८ बजे देखि सुरु हदै छ । एनसीसीले विगतको वर्षहरूमा पनि प्रतियोगिता गर्दै आइरहेको थियो । यस वर्ष पनि प्रतियोगिताको निरन्तरता स्वरुप प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।  आयोजकले जानकारी दिए अनुसार प्रतियोगिताको समयमा उपलब्ध गराएको समयको ५ मिनेट भित्रमा सहभागि नभएको खण्डमा स्वत: वाक ओभर दिइने जनाएको छ ।...
सिन्धुपाल्चोक समाजको आयोजनामा जुन २९ र ३० तारिखमा भेटघाट तथा बनभोज कार्यक्रम हुँदै

सिन्धुपाल्चोक समाजको आयोजनामा जुन २९ र ३० तारिखमा भेटघाट तथा बनभोज कार्यक्रम हुँदै

घुमफिर, प्रमुख समाचार, प्रवास, समाज
दक्षिण कोरिया । सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा वृहत भेटघाट तथा बनभोज कार्यक्रमको आयोजना हुने भएको छ । दक्षिण कोरियामा विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको सिलसिलामा  रहेका सिन्धुपाल्चोक बासीहरू बिचको आत्मीयता र एकता अभिवृद्धि गर्ने उद्देश्यले उक्त बनभोज कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष राज लोप्चनले बताएका छन् ।  मनोरम दृश्य अवलोकनसँगै विविध मनोरञ्जनात्मक कार्यक्रम सहित सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले कार्यक्रममा ब्यापक सहभागिता हुने विश्वास आयोजकले गरेको छ । बनभोजमा नेपाली परिकारको व्यवस्था गरिएको छ । सिन्धुपाल्चोक समाजद्वारा आयोजित उक्त रमाइलो बनभोज कार्यक्रमका लागि सहभागी शुल्क स्वरुप पुरुषलाई १ लाख र महिलाका लागी ८० हजार कोरियन वन निर्धारण गरिएको छ । बनभोज कार्यक्रममा सहभागि हुनको लागि सोलको दोङदेमुन र सुवनबाट बसमा जाने व्यवस्था गरिएको छ । कार्यक्रममा सहभागि हु...
जुन ८ मा ‘पुजार सार्की’ जिन्छनको मेगा बक्समा प्रदर्शन हुदै

जुन ८ मा ‘पुजार सार्की’ जिन्छनको मेगा बक्समा प्रदर्शन हुदै

प्रवास, मनोरञ्जन, मुख्य समाचार
दक्षिण कोरिया । नेपाली कथानक चलचित्र पुजार सार्कीको जिन्छन् शो जुन ८ मा हुने भएको छ । सुर्खेत समाज दक्षिण कोरियाको आयोजनामा जिन्छनमा प्रदर्शन हुन लागेको हो । जुन ८ तारिख साँझ ७ बजेको शो जिन्छन बस टर्मिनल नजिकै रहेको मेगा बक्समा प्रदर्शन हुन लागेको आयोजकले जनाएको छ । आपतकालिन् राहतकोष सहयोगार्थ प्रदर्शन गर्न लागिएको उक्त चलचित्र गत हप्ता सुर्खेत समाज दक्षिण कोरियाकै आयोजनामा सौलमा पनि दुई शो प्रदर्शन गर्नुका साथै कालीकोट समाज र सल्याणी समाज दक्षिण कोरियको सयुक्त आयोजनामा किम्हेको काया विश्वविद्यालयको हलमा प्रदर्शन गरेको थियो । दक्षिण कोरियाको लागि प्रदर्शनी अधिकार पाएको सुर्खेत समाजले उक्त चलचित्रलाई अन्य संघ संस्थाहरुलाई पनि प्रदर्शनको लागि बिक्रि गरेको छ । पुजार सार्की दक्षिण कोरियाको अन्य केही शहरहरुका पनि प्रदर्शनीको तयारीमा रहेको छ । पछिल्लो समय दक्षिण कोरियामा चलचित्र प्रदर्शन गर्ने ...
जीएमइले ल्यायो मोवाइल सेवा, आइतबार देखि सेवा सुरु

जीएमइले ल्यायो मोवाइल सेवा, आइतबार देखि सेवा सुरु

Breaking News 1, अर्थ, प्रमुख समाचार, प्रवास
शुभराज भोम्जन दक्षिण कोरिया । जीएमइले रमिट संगै मोवाइल सेवा पनि ल्याएको छ । एलजी नेटवर्क अन्तर्गतको सस्तो आल्तुलफोन जीएमई मोवाइलको उदघाटन भएको छ । आइताबार दक्षिण कोरियाको आन्सान सहरमा रहेको जीएमइको कार्यालयमा एक समारोहको आयोजना गर्दै उदघाटन गरिएको हो । उदघाटन भए संगै आइतबारदेखि औपचारिक रुपमा सेवा सुरु भएको छ । ग्लोबल मनी एक्सप्रेसका प्रमुख कार्यकारी अधिकृत जोन, एलजी युप्लस टेलिकम्युनिकेशन कम्पनीका उच्च अधिकारी ह्युङजु किम र थुप्रै मोवाइल पसलका सञ्चालकहरुको उपस्थितिमा जीएमई मोवाइलको रिबन काटेर उदघाटन गरिएको थियो । जीएमइ रेमिटले सन् २०१७ देखि दक्षिण कोरियाबाट बिभिन्न मुलुकमा भरपर्दो तरिकाले रेमिट सेवा दिदै आइरहेको छ ।यस भन्दा अघि जीएमइले जीएमइ ऋण, जीएमइ चेक कार्ड जस्ता सेवाहरु पनि दिदै आइरहेको थियो । उदघाटन समारोहमा थुप्रै सेवाग्राहीहरुलाई मोवाइल सेवा प्रदान गरिएको थियो ।...
भक्तजनहरुको बाक्लो सहभागिताका साथ बुद्ध जयन्ती कार्यक्रम सप्पन्न

भक्तजनहरुको बाक्लो सहभागिताका साथ बुद्ध जयन्ती कार्यक्रम सप्पन्न

Breaking news 3, प्रमुख समाचार, प्रवास, शिक्षा, समाज
दक्षिण कोरिया । भगवान शिद्धार्थ गौतम बुद्धको २५६८ औं जन्म जयन्तीको अवसर परेर नेपाल बौद्ध परिवार र नागार्जुन गुम्बाको संयुक्त आयोजनामा दोङ्दुछन जिहेङ स्थित नागार्जुन गुम्बामा बुद्ध जयन्तीको कार्यक्रम सम्पन्न गरिएको छ। बुद्ध जयन्तीको मुख्य तिथि मे २३ तारीखमा परेता पनि सम्पुर्ण भक्तजनहरुको फुर्सद र छुट्टीको समयलाई मध्यनजर गर्दै मे २६ तारीखको दिन आयोजना गरिएको थियो। कार्यक्रममा दक्षिण भारत स्थित विश्व प्रख्यात बौद्ध विश्वविद्यालय ङग्युर ञिङम पल्युल नम्डोलिङ बाट स्नातक प्राप्त गर्नु भएको खेन रिन्पोछे सोनाम फुर्वा लामाको समेत सहभागिता रहेको थियो । लामा गुरुहरु र थुप्रै भक्तजनहरुको उपस्थितिमा (रिग्जीन दुपा ) विद्याधर समुच्चय पुजा विधि अनुसार (छेवाङ) आयु अभिषेक र भगवान गौतम बुद्धको जीवनि र भगवान बुद्धको १२ वाट लिलाहरु मध्ये विशेष लीला बैशाख पुर्णिामाको बारेमा धर्म प्रवचन गर्नु भएको थियो। हिमालयन...
‘धौलागिरी सांगीतिक सौगात भाग-४’ को आय/व्यय सार्वजनिक, २ करोड ४३ लाख वन मुनाफा

‘धौलागिरी सांगीतिक सौगात भाग-४’ को आय/व्यय सार्वजनिक, २ करोड ४३ लाख वन मुनाफा

Breaking News 2, अर्थ, गण्डकी प्रदेश, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । बाग्लुङ समाज दक्षिण कोरियाको आयोजनामा गत सलनालमा आयोजना गरिएको धौंलागिरी सांगीतिक सौगात भाग ४ को आय/व्यय सार्वजनिक गरिएको छ । आइताबार सौल स्थित दर्शन नमस्ते रेष्टुरेण्टको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी कार्यक्रमको आय/व्यय सार्वजनिक गरिएको हो । बाग्लुङ समाजले सार्वजनिक गरिएको आय/व्यय विवरण अनुसार २ करोड ४३ लाख ६७ हजार ६ सय २० वन मुनाफा भएको देखाइएको छ । त्यसैगरी कार्यक्रममा ७ करोड १५ लाख ५९ हजार ६ सय ४८ वन कुल कारोबार हुनुका साथै ४ करोड ७१ लाख ९२ हजार २८ वन खर्च भएको उल्लेख गरिएको छ । समाजले आय/व्यय विवरणमा उल्लेख गरे अनुसार ४ लाख ९८ हजार कबुलियत रकम उठ्न बाँकी देखाइएको छ । बाग्लुङ समाज दक्षिण कोरियाले गत सलनालको अवसरमा गण्डकी प्रदेश समाजको समन्वयमा एनसीसीले बाँडफाँड गरेको कार्यक्रम अन्तर्गत रहेर सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो । बाग्लुङ समाजका अध्यक्ष भ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"