नासाको वैज्ञानिकको दाबी, ‘शुक्र ग्रहमा प्राणीहरू छन्’
न्युयोर्क, । सौर्य मण्डलमा रहेको शुक्र ग्रहलाई पृथ्वीको जुम्ल्याहा बहिनी भनिन्छ । यसको कारण यो हो कि यो ग्रह पृथ्वीको आकार हो र यो ग्रह सौर्य मण्डलको बसोबास योग्य क्षेत्रमा अवस्थित छ।
अब शुक्र ग्रहको बारेमा एउटा यस्तो दाबी गरिएको छ, जसले तपाईँलाई चकित पार्नेछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका एक वैज्ञानिकले शुक्र ग्रहमा एलियन्स हुन सक्ने दाबी गरेका छन् । यसको कारण पनि उनले दिएका छन् ।
शुक्रको तापक्रम ४७५ डिग्री सेल्सियससम्म पुग्छ। ग्रहको वायुमण्डल बिलकुल विषाक्त छ। जसका कारण यहाँ जीवन हुन्छ भनेर कसैले कल्पना पनि गर्न सक्दैन। तर, नासाका वैज्ञानिक डा. मिशेल थालरले त्यसको ठिक उल्टो सोच्दछन् । अमेरिकाको गोडार्ड स्पेस फ्लाइट सेन्टरमा कार्यरत डा. मिचेलले एउटा नयाँ सिद्धान्त दिएका छन्, जसअन्तर्गत शुक्र ग्रहमा जीवन रहेको बताइएको छ ।
सौर्य मण्डलको दोस्रो ग्रह शुक्रको वातावरण यस्तो छ कि त्यहाँ म...








