स्याङ्जा परिवार दक्षिण कोरियाको २६ औँ वार्षिक साधारण सभा सम्पन्न
दक्षिण कोरिया/ दक्षिण कोरियामा कृयाशिल संस्था स्याङ्जा परिवार दक्षिण कोरियाको २६ औँ वार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ । आईतबार सौल स्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको साधारण सभामा बार्षिक गतिविधि तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो ।
संस्थाको १२ औं कार्यसमितिले १० करोड २४ लाख १९ हजार ५९ वन आम्दानी गर्न सफल भएको छ भने ७ करोड ५१ लाख ४१ हजार ९१७ वन खर्च भई ३ करोड ३४ लाख २७ हजार १४२ वन बचत भएको छ । कार्यक्रमका प्रमुख अतिथि एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङले प्रवासीहरुको हक हितका निम्ति समाजले गरेको कामको प्रसंसा गर्दै हरेकको सुख दुखमा निरन्तर सक्रिय भएर लाग्न आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरि खनाल, गण्डकी प्रदेश समाजका अध्यक्ष प्रविन गिरि,संस्थाका वरिष्ठ सल्लाहकार युवाराज गुरुङ तमुध...








